नेपालकै पहिलो एक मात्र कलाकारद्वारा अभिनित चलचित्र “अन्तिम पाना” सम्पादनमा

काठमाडौं १ चैत । एक मात्र कलाकारद्वारा अभिनित नेपाली कथानक चलचित्र अन्तिम पानाको सम्पादन कार्य शुरु भएको छ । दिवाज फिल्मको ब्यानरमा निर्माण भएको सो चलचित्रको छायांकन पुरा भई सम्पादन कार्य सुरु भएको हो ।

दिवाज राई किराँती निर्माता रहेको उक्त चलचित्रमा नियोमा राई कार्यकारी निर्माता रहेकि छन् । लेखक तथा अभिनेता जीवन थापा क्षितिजको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा एक मात्र कलाकार उमेश कार्कीले अभिनय गरेका छन । चलचित्रको मुख्य सहायक निर्देशन सन्तोष थापाले गरेका छन् भने छायांकन तथा सम्पादन केदार राईले गरेका छन ।

लेखक तथा निर्देशक थापाका अनुसार समाजमा विभिन्न समस्याका कारण एक्लिन बाध्य भएको पात्रको जीवन भोगाइ मुख्य बिषय रहेको चलचित्र अन्तिम पाना पुर्वी तथा पहाडी जिल्ला भोजपुरको ट्याम्के मैयुङ्ग र पाङ्खाङ् गाउँ लगायत अरुण गाउँपालिका याकु मैदानेमा छायांकन गरिएको हो । उक्त चलचित्र एक मात्रै कलाकारको अभिनय रहेको नेपालकै पहिलो चलचित्र भएको थापाले दावी गर्नुभयो ।
चलचित्र निर्माता दिवाज राई किरातीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भए पश्चात मात्र नेपालका हलहरुमा सो चलचित्र प्रदर्शन गरिने जानकारी दिनुभयो ।

नाटक तथा चलचित्र लेखक एवम् अभिनेता जीवन थापा ‘क्षितिज’ले चलचित्र निर्देशन पहिलो पटक गर्नुभएको हो । एकल कलाकार अभिनित नेपालकै पहिलो दाबी गरिएको चलचित्र ‘अन्तिम पाना’ मार्फत उहाँले चलचित्र निर्देशनमा डेब्यु गर्नुभएको हो । उहाँका अनुसार दिवाज फिल्मको ब्यानरमा निर्मित थापाको डेब्यु चलचित्र ‘अन्तिम पाना’ छायांकन कार्य पूरा भई सम्पादनको क्रममा रहेको छ ।

एक जना कलाकारको मात्र अभिनय रहेकोे चलचित्र ‘अन्तिम पाना’मा कुशल कलाकार उमेश कार्कीको अभिनय रहेको छ । करिब दुई घन्टा समय अवधिको चलचित्र ‘अन्तिम पाना’मा एक्लै अभिनय गर्नु निकै कठिन भएता पनि आफू यसबाट अत्यन्त रोमाञ्चित भएको अभिनेता कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button