Tune to BFM 91.2|Biratnagar

नेपालभर अत्यावश्यक बाहेक सबै सेवा आज बाट बन्द

काठमाण्डौ ९ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आज(आइतबार)बाट बन्द गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा आगामी चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो ।सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित सेवा प्रदान गर्नेछन् ।

बन्द नहुने सेवाहरुमा डाँक, तार वा टेलिफोन, सञ्चार,यातायात, प्रिन्ट वा सरकारी छापा,रक्षा आन्तरिक सुरक्षा, पेट्रोलियम पदार्थको ढुवानी पैठारी, भण्डारण र वितरण, खानेपानी संचालन तथा वितरण, अस्पताल,फोहरमैला संकलन, विद्युत, बैक र दैनिक उपभोग्य बस्तुसम्बन्धी सेवा छन् ।

अस्तालहरुमा ओपीडी सेवा भने बन्द नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै नेपाल भित्रने सबै अन्तर्रा्ष्ट्रिय उडानहरू पनि आजबाट चैत्र १८ गतेसम्म स्थगित गरिएका छन् ।सरकारले सबै लामो दूरीका यात्रुवाहक बसलाई सोमबारदेखि केही अवधिका लागि रोक लगाएको छ ।

मानिसहरुको भीडभाड हुने स्थान, सिनेमा घर, शैक्षिक संस्थाहरु भने यसअघि नै बन्द गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button