नेपालमा आज २ सय ७४ संक्रमित थपिए

विराटनगर, १५ साउन । नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । देशभर आज २ सय ७४ जना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन । यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको हो ।

आज २ सय २७ जना निको भइ घर फर्किएका छन । हालसम्म १४ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ ।

हाल देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमित छन । त्यस्तै ५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको वेलकामा १ महिला, १ पुरुष र सोलुखम्वुको दुधकुण्डमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश महेताले बताए ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ । प्रदेश १ मा आज ४२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ३४ पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा विहिबार सम्म ७ सय ८९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ६ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button