नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, प्रदेश १ मा २१ संक्रमित थपिए

विराटनगर, १३ साउन । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो ।

बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । उनको घरमै निधन भएको हो । गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए ।

ति पुरुषमा दमको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । योसहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको हो ।

पछिल्लो २४ घण्टामा १२१ डिस्चार्ज भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १३ हजार ८७५ पुगेको छ । संक्रमित संक्रमित ५ हजार १३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो । प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला, झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । प्रदेश १ मा आज ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ९९ महिला र ६ सय २४ को परीक्षण गर्दा ६ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button