Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु

विराटनगर, २७ असार । काठमाडौंका २ सहित नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ठेगाना भएका २ र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० संखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

आज ७० जना नयाँ संक्रमित थपिएका छन् । आजसम्म कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार २ सय ३९ जना संक्रमित उपचाररत रहेका छन् ।

आज ४ सय ३१ गरी आजसम्म ८ हजार ४ सय ४२ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरंगमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरंगको विराटनगरका २ पुरुष, सुन्दरहरैचाका १ पूरुष र झापाको भद्रपुरका २ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ ।

प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरंगका २/२ र सुनसरीका १ जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेहरु असार १२ देखि १७ गते सम्म भर्ना भएकाहरु रहेको अस्पताल व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button