Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु

विराटनगर १२ असार । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो ।

असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरे पनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको बताउनुभयो ।

करिव ३० वर्षीया महिलाको ११ गते नै स्वाब संकलन गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उहाँले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभर ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १ सय ७ महिला र ४ सय ८६ जना पुरुष छन् ।

योसहित देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरिका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरिका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button