Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमणबाट एक शिशुको मृत्यु

विराटनगर १८ असार । नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर चारका ४९ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको बताउनुभयो ।

सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ७३ जनामा व्यक्तिमा कोरोना संक्रमणो पुष्टि भएको छ । उहाँले १ सय ९ जना महिला र ३ सय ६४ पुरुष गरी कुल ४ सय ७३ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।

यससँगै हालसम्म संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । जसमध्ये १ हजार ८ सय ८३ महिला र १२ हजार ६ सय ३६ पुरुष रहेका छन् । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् ।

४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । आज मोरङमा ६, सुनसरीमा ३, खोटाङ र झापामा १–१ जनामा संक्रमण देखिएको छ ।

मोरङको उर्लाबारीमा ४ महिला र २ पुरुष, सुनसरीको इटहरीमा ३ पुरुष, खोटाङको दिक्तेल र झापाको शिवसतासीमा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय १५ पुगेको छ । प्रदेश १ बाट ४ सय डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button