Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

विराटनगर, ७ साउन । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षिया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षिय पुरुषको साउन ६ गते निधन भएको हो ।

खोकी, उच्चज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उनी साउन २ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । सघन उपचारकक्षमा उपचारकका क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

यस्तै पोखरामा काम गर्दै आएकी ४९ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ लगिएकोमा आज निधन भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । आज देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । जसमा १ सय जनामा पोजेटिभ देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो । अहिले विभिन्न अस्पतलाका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन् ।

आज २ सय ७ जना डिस्चार्ज भएका छन् । आजसम्म १२ हजार ६ सय ८४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आजसम्म २० हजार ८ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button