Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमणबाटमृत्यु हुनेको संख्या ६२ पुग्यो

विराटनगर, २० साउन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरंगमा २ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षिया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन । साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै वीरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आज ३ सय ८१ थप कोरोना संक्रमित थपिएका छन । ६ हजार ३ सय ५९ पीसीआर परीक्षणमा ३ सय ८१ जना संक्रमित थपिएका हुन ।

आजसम्म पीसीआर विधिबाट ४ लाख १२ हजार ९ सय ५३ जनाको कोरोना परीक्षण भएको छ । देशभरीका अस्पतालमा ६ हजार १ सय ७३ जना संक्रमित उपचाररत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button