Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

विराटनगर २ असार । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ सय ८० जना नयाँ संक्रमित थपिएएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा २ जना, धरानमा भएको परीक्षणमा ४ जना, जनकपुरमा भएको परीक्षणमा ५५ जना, विरगञ्जमा भएको परीक्षणमा २ जना, पोखरामा भएको परीक्षणमा २१ जना र कैलालीमा भएको परीक्षणमा ७६ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै बाँकेमा भएको परीक्षणमा १० जना, राजविराजमा भएको परीक्षणमा ३ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा १, रुपन्देहीमा भएको परीक्षणमा ४ जना, सुर्खेतमा ९ जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा २२ जना, दाङमा भएको परीक्षणमा ५७ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा १ सय १४ जनामा पोजेटिभ देखिएको छ ।

आज १ सय १७ गरी आजसम्म १ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । आजसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ ।

अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् । क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् । प्रदेशमा आज ५ जना संक्रमित थपिएका छन् । सुनसरीमा २, झापामा २ र पाँचथरमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीका १ र कोशी गाउँपालिकाका १ पुरुष, झापाको भद्रपुरका २ पुरुष र पाँचथरको फिदिममा एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५जना थपिएसँगै संक्रमितको संख्या ४ सय २ पुगेको छ । आज प्रदेश १ बाट ४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका ४ जना डिस्चार्ज भएको प्रतिष्ठानले जनाएको छ । प्

रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १ सय ७८ पुगेको छ । प्रदेश १ मा आज सम्म १६ हजार ३ सय ६९ जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये १४ हजार ७ सय ५५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वाव संकलन गरिएका मध्ये १ हजार २ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १५ हजार ८ सय ४ जनाको आरडिटी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button