नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

विराटनगर, १७ साउन । नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ सय १५ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको हो ।

जसमा अहिलेसम्म आजसम्म १४ हजार ४ सय ९२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । आज मात्रै विभिन्न अस्पतालबाट ९३ जना जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशभरि सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

प्रदेश नम्बर १ मा २ सय २५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५ र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रदेश अनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८ सय ५६, प्रदेश नम्बर २ बाट ३ हजार १ सय ४९, बागमती प्रदेशबाट ५ सय ३२ र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ बाट ३ हजार ९ सय ७१, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् । देशभरीका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकहरुको स्वाव संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ । धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरुलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button