Tune to BFM 91.2|Biratnagar

नेपालमा थप १ हजार ९ सयमा कोरोना संक्रमण


विराटनगर, २९ कात्तिक । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना डिस्चार्ज भएका छन् । देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुने संक्रमितको संख्या १२ सय १५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button