Tune to BFM 91.2|Biratnagar

नेपालमा थप २ हजार १ सय ११ जना कोरोना संक्रमण

विराटनगर, २८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ११ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१ सय ११ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जना पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ सय ३७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६८हजार १२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ । काठमाडौं उपत्यकामा २४ घण्टामा १२ सय ७ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button