Tune to BFM 91.2|Biratnagar

नेपालमा थप ३ हजार ५ सयमा कोरोना संक्रमण

विराटनगर, १४ कात्तिक । देशभर कोरोना भाइरसका थप तीन हजार ५१७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५१७ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २८ हजार ९५८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७६ दशमलव ७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ९८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म १४ लाख ३४ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसनमा ७ हजार १९० जना र होम आइसोलेसनमा ३१ हजार ३८७ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ६६६ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button