Tune to BFM 91.2|Biratnagar

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै सङ्क्रमितको सङ्ख्या दुई सय ६७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा पर्साको वीरगञ्जका नौ र १० वर्षीय बालक, २३ वर्षीय युवती र ४७ वर्षीया महिला रहेका छन् ।

उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय युवक, दाङको गढवा–४ का पाँच वर्षीय बालक र तुलसीपुर–७ का २३, ३६, र ३४ वर्षीय पुरुष तथा काठमाण्डौको सात वर्षीय बालकमा कोरोना पुष्टि भएको हो ।

सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button