नेपालमा पहिलोपटक योग खेलकुद प्रतियोगिता हुने

0
713

काठमाडौं, पुस २३ । नेपालमा पहिलोपटक राष्ट्रिय योग खेलकुद प्रतियोगिता हुने भएको छ । नेपाल योग खेलकुद संघले सुनसरीको इटहरीमा आगामी माघ ४ र ५ गते प्रतियोगिता गर्ने संघका कोषाध्यक्ष एवं प्रतियोगी छनोट समितिका संयोजक मणिराज कुँवरले जानकारी दिनुभयो । पहिलो चरणमा ११ देखि १७ वर्ष, दोस्रो चरणमा १८ देखि ४९ वर्षसम्म र तेस्रो चरणमा ५० वर्षभन्दा माथिकाको छुट्टाछुट्टै प्रतियोगिता हुने उहाँले बताउनुभयो । प्रतियोगितामा लागि महिला र पुरुषको एकल र समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १ सय ५० समूहसम्मलाई सहभागी गराइने संघले जनाएको छ । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई योग भन्ने प्राचीन ऋषि परम्परा रहेपनि आधुनिक समाजमा शारीरिक व्यायाम विशेषलाई मात्र योगको अर्थमा बुझिने गरेको छ । आठवटै चरण योगका अंग भन्ने प्रचार प्रसार गर्न पनि प्रतियोगिता सहयोगी हुने संघले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here