Tune to BFM 91.2|Biratnagar

नेपालमा ८२१ जना कोरोना संक्रमित थपिए

विराटनगर २९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५४२३ जनाको पीसीआर परीक्षण भएको छ ।गत २४ घण्टामा ८४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।योसँगै हालसम्म मृत्यु हुनेको संख्या १७१६ रहेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३३ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २४६, ललितपुरमा ५३ र भक्तपुरमा ३४ जना संक्रमित थपिएका छन् ।हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button