नेपाली उपभोक्ता माझ लोकप्रिय हुँदैछन् प्रानका उत्पादनहरु

0
190

विराटनगर, २१ चैत । बहुराष्ट्रिय बंगलादेशी कम्पनी प्रानका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन । सन् १९८१ देखि बंगलादेशमा सञ्चालन हुँदै आएको प्रानले नेपाली बजारमा सन् २००८ बाट उत्पादनहरु निर्यात गर्दै आईरहेको हो । नेपाली बजारमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, कलबअपक भित्राएको छ । प्रानका उत्पादनहरु बंगलादेशको खाद्य वस्तु निर्यातमा ८० प्रतिशत बजार हिस्सा रहेको छ । खासगरी दक्षिणपूर्वि एशिया, गल्फ राष्ट्र मलेसिया, अमेरिका, अष्ट्रेलिया तथा युरोपियन देशहरुमा अत्यन्त लोकप्रिय रहेको प्रान नेपाली बजारमा पनि लोकप्रिय हुँदै गईरहेको छ । प्रानका जुस तथा अन्य खाद्य वस्तुहरु प्राकृतिक तत्वद्वारा तयार गरिएकोले उच्चस्तरीय, पोषणयुक्त एवं स्वादिलो रहेको रहेको छ। नेपाली बजारमा भित्रिएको छोटो समयमै प्रान उपभोक्ता माझ लोकप्रिय भएको छ । फलफुलमा रहेका प्राकृतिक पोषक तत्वलाई अत्याधुनिक तवरले प्रसोधित गरिएको हुन्छ। नेपालमा लिचि जुस, पोटेको क्रयाकर, प्रान फ्रुटो, पोटाटा विस्कुट लगायतका उत्पादन अत्याधिक रुचाईएको प्रानका मार्केटिङ मेनेजर शशिम लामाले बताउनुभयो । यी उत्पादनहरुमा कुनै पनि प्रकारको अखाद्य वस्तुहरुको मिसावट गरिएको छैन । अन्तराष्ट्रिय आईएसओ २००१ मान्यता प्राप्त प्रानका उत्पादनहरुले नेपाल सरकारको खाद्य तथा गुणनियन्त्रण विभागबाट समेत मापदण्ड पुरा गरेको छ । केहि समय अघिसम्म नेपालमा जुसहरुमा भारतीय कम्पनीहरुको बोलवाला रहेकोमा बंगलादेशी बहुराष्ट्रिय कम्पनी प्रान नेपालमा आएसँगै नेपाली बजारमा दह्रो उपस्थिति देखिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here