नेपाली युवा क्रिकेट टोली आज स्वदेश फर्किँदै

0
50

मंसिर ०२,
१९ वर्ष मुनीको एसीसी एसिया कपको सेमिफाइनलबाट बाहिरिएपछि नेपाली युवा टोली आज स्वदेश फर्कदैछ । युवा टोली मलेसियाबाट नेपाल एयर लाइन्समार्फत स्वदेश फर्किने कार्यक्रम छ ।
सेमिफाइनलमा हिजो अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । एसिया कपको पूर्व च्याम्पियन भारतलाई भने १९ रनले हराउँदै नेपाली युवा टोलीले इतिहास रचेको थियो ।
यसैबिच एसिया कपको उपाधिका लागि भोली पाकिस्तान र अफगानिस्तानबीच खेल हुने हुनेछ । समूह चरणमा यी दुई टेली एकै समूहमा थिए ।
जसमा अफगानिस्तान समूह विजेता र पाकिस्तान उपविजेताका रुपमा सेमिफाईनलमा प्रवेश गरेका थिए । पाकिस्तानले सेमिफाइनलमा बंगलादेशलाई हराएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here