Tune to BFM 91.2|Biratnagar

नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अभियान

विराटनगर ७ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र बनाएको हो । अभियान अन्तर्गत मोरङको रंगेलीमा सम्पन्न भेलाले नगरपालिकाको ९ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीयनगर सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

राष्ट्रिय सभाका पूर्वसांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज १ नं. प्रदेश इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यतामा रंगेली–७ बसपार्कस्थित पार्टी कार्यालयमा सम्पन्न मुक्ति समाजको नगरस्तरीय भेलाले ललितबहादुर सार्कीको अध्यक्षतामा ५१ सदस्यीयनगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो । भेलाले उपाध्यक्षमा आनन्दी ऋषिदेव, सचिवमा गुलाबचन्द सरदार, सह–सचिवमा प्रमोद सरदार र कोषाध्यक्षमा विनोद सरदारलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button