नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटी गठन
विराटनगर, १ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र बनाएको हो । अभियान अन्तर्गत आज मोरङको कटहरीमा सम्पन्न भेलाले गाउँपालिकाका ७ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।
भेलाले विद्यानन्द सरदारको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा उपेश हरिजन, सचिवमा दिपेन्द्र ऋषिदेव, सह–सचिवमा विरेन्द्र सरदार वासोदेवी सरदारलाई चयन गरेको छ । भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा नेकपा (एमाले) पोलिट ब्यूरो सदस्य लालबाबु पण्डितले दलित समुदायका मुद्धा एमालेले मात्र सम्बोधन गर्ने बताउनुभयो ।
उहाँले सवैभन्दा विपन्न र भूमिहिन दलित समुदाय रहेकाले एमाले नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेर जग्गा वितरणको प्रकृया सुरु गर्न लागेको बेला सर्बोच्च परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग नै विघटन गरेर दलित समुदायमाथि कुठाराघात गरेको बताउनुभयो ।