नेपाल कम्युनिस्ट पार्टीको नियमावली पारित

0
72

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नियमावली पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै पार्टी संचालनका लागि सहज हुने भएको छ । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिइएको र अब प्रकाशनमा पठाउने निर्णय भएको जानकारी दिए ।प्रवक्ता श्रेष्ठले अर्काे बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने जानकारी दिए ।पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न कार्यदलस्तरमा छलफल हुँदै आएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here