नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी

0
36

काठमाडौं, जेठ २७ । सरकारले अब नेपाल प्रहरीमा तीन जना मात्र अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको दरबन्दी कटौती गर्दै तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।गृह मन्त्रालयले भने पाँच एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने भन्दै सरकारले तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।कुनै समय प्राविधिकसहित १६ जना एआईजीसम्म राखिएको थियो । सुशील कोइराला नेतृत्वको सरकारमा भागवण्डा मिलाउनकै लागि एआईजीमा ९ जनालाई बढुवा गरिएको थियो ।तर बढुवामा नपरेका अरु चार जनाले मुद्दा हालेपछि सर्वाेच्चले उनीहरुलाई पनि बढुवा गर्न आदेश दिएपछि १३ जना पुगेका थिए ।अहिले भने प्राविधिकतर्फका एक जनाबाहेक अरुले अवकाश पाइसकेका छन् । मन्त्रिपरिषद्ले दरबन्दी तोकेसँगै बढुवाको बाटो पनि खुलेको छ ।सशस्त्र प्रहरीमा भने दुई जना मात्र एआईजी राख्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी कटौती गरेको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here