नोवेलमा ईपी ल्याब संचालन

0
38

विराटनगर, २९ जेठ । विराटनगरको नोवेल मेडिकल कलेज एवं टिचिङ अस्पतालमा मुटुको धड्कनमा हुने गड्बडी सम्बन्धी उपचारका लागि काठमाडौं बाहिर मोफसलमै पहिलो ईपी ल्याब सेवा संचालनमा ल्याइएको छ । ल्याबमार्फत मुटुको चाल सम्बन्धी रोगको उपचार सुरु गरिएको छ । अस्पतालका निर्देशक एवं बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेश नेपालले ल्याबमार्फत मुटुको धड्कन गड्बडी सम्बन्धी दिगो उपचार गर्न थालिएको बताउनु भयो । उहाँका अनुसार मुटुको चाल अत्यधिक बढ्ने बिरामीको संख्या दिनप्रतिदिन बढ्ददै गए पनि उपयुक्त प्रविधि (ईपी ल्याब) अभावमा वर्षाैदेखि नियमित औषधि सेवन गर्नुको विकल्प बिरामीमा थिएन । यस अघि काठमाडौंको गंगालाल हृदय रोग केन्द्रमा मात्रै यो ल्याब संचालनमा थियो । नेपालका अनुसार अव नोवेलमै मुटुको चाल बढेर समस्या झेल्दै आएका बिरामीले सहज रुपमा उपचार पाउन थालेका छन् । उहाँले ईपी ल्याब अभावमा मुटु रोग सम्बन्धीका बिरामीले संधैभरी औषधि खाएर मात्रै रोगको रोकथाम गर्नु पर्ने स्थिती टरेको जानकारी दिनु भयो । नोवेलका संचालक डा. सुनिल शर्मा (न्यौपाने) ले दक्ष जनशक्तिको व्यवस्थापन गरी अमेरिकाबाट मेसिन ल्याएर ईपी ल्याब सुरु गरिएपछि मुटुको धड्कन बढ्ने समस्या भएका बिरामीलाई राहत मिलेको बताउनु भयो । सेवा संचालन भइसकेपछि मुटुको धड्कनमा गड्बडी रहेका ६ जना बिरामीको उपचार गराइसकिएको जानकारी शर्माले दिनु भयो । आर्थिक अवस्था कमजोर रहेका बिरामीले पनि विपन्न नागरिक औषधि उपचार कोषमार्फत निःशुल्क रुपमा यो सेवा लिन सक्ने उहाँको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here