न्यानो कपडा (कम्वल) वितरण कार्यक्रम

0
181

मोरङ, माघ १ गते ।
प्रहरीले अत्याधिक चिसोबाट कठ्याङ्ग्रिएका ७० घर परिवारलाई आज कम्वल वितरण गरेको छ । विराटनगर १६ स्थित रानी युवा क्लबमा सामुदायिक सेवा केन्द्र रानीले आईतबार विहान आयोजित “न्यानो कपडा वितरण” कार्यक्रममा ७० जना अति विपन्न, अशक्त, एकल महिला तथा ज्येष्ठ नागरिकहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले कम्बल वितरण गर्नु भएको हो । ुजनतासगं समधुर सम्बन्ध स्थापित गर्ने सामुदायिक प्रहरी सेवा केन्द्र रानीको अभियान अन्तरगत चिसोबाट पिडीत परिवारहरुलाई लक्षित गरी सो कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here