पक्राउ

0
49

सुनसरी, असार २७ गते । सुनसरीको ईटहरीमा आफ्नै छोरीको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन । ईटहरी उपमहानगरपालिका १ माझीटोल बस्ने ६ वर्षीया अपेक्षा लिम्बुको घाँटी थिचेर हत्या गरेको आरोपमा सौतेनी आमा उमा माझी लिम्बुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। असार १ गते राती खाना खाई सुत्न गएकी अपेक्षा भोलीपल्ट बिहान कोठामा बेहोस भेटिएकी पछि उपचारका लागी विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल र्पुयाउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए। घट्नासम्बन्धमा प्रहरी अनुसन्धानबाट बालिकालाई उनकै सौतेनी आमाले घाँटी थिचेर हत्या गरेको खुल्न आएपछि उमा माझीलाई नियन्त्रण लिई थप अनुसन्धानका लागी प्रहरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।
त्यसैगरि
सुनसरीको ईटहरी उप–महानगरपालिका ५ स्थित बालग्राम चौकमा मंगलवार साँझ गलामा लगाएको सिक्री थुतेर भाग्ने एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज हरपतगंज २० बस्ने १५ बर्षिय निरज राय रहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । साँझ करिव साढे ६ बजेको समयमा ईटहरी ५ बालग्राम चौक बस्ने ३० बर्षिय पबित्रा गिरी चौकमा हिड्दै गरेको अवस्थामा रायले गलाबाट सुनको सिक्री थुतेर भागेका थिए । रायलाई प्रहरी चौकी बालग्रामका प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गर्न सफल भएको हो। रायलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here