Tune to BFM 91.2|Biratnagar

पतञ्जली मोरङमा पुनर्गठन

विराटनगर १ चैत्र । पतञ्जली योग समिति मोरङको आज बसेको भेलाले ध्रुव तामाङलाई पुनः अध्यक्षमा चयन गरेको छ । यस्तै महिला पतञ्जली योग समितिको अध्यक्षमा विनु सापकोटा चयन हुनु भएको छ ।

दुई वटै समिति २३–२३ सदस्यीय रहेको छ । पतञ्जली योग समिति मोरङको उपाध्यक्षद्वयमा मोहन नेउपाने र जयधर्म आचार्य, महामन्त्री विकास जीसी, संगठन मन्त्री नविन रेग्मी, कोषाध्यक्ष सुरेश अग्रवाल, सचिवमा केदार रिजाल, प्रचारप्रसार प्रभारीमा भवानी दुलाल, जिल्ला प्रशासन समन्वय प्रभारी मोदराज खतिवडा रहनु भएको छ ।

महिला पतञ्जली योग समितिको उपाध्यक्षद्वयमा सूची चौधरी, सरस्वती खरेल रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button