पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण
विराटनगर, १९ चैत । पत्रकारहरुलाई कोभिड–१९ को जोखिमवाट बच्नका लागि स्वास्थ्य सुरक्षा सामाग्री आज वितरण गरिएको छ ।
नेपाल प्रेस यूनियन मोरङले विराटनगरमा क्रियाशिल पत्रकारहरुलाई क्याप, मास्क , ग्लब्स र सेनिटाइजर वितरण गरेको हो ।
युनियनका मोरङ अध्यक्ष कुमार लुईटेल, पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी लगायतले पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्नु भयो ।