Tune to BFM 91.2|Biratnagar

पत्रकारहरुलाई एक दिने अनुशिक्षण

विराटनगर, १७ साउन । आर्थिक क्षेत्रलाई अंगालेर पत्रकारिता गर्न चाहने पत्रकारहरुलाई ४ वटा संस्थाको संयुक्त आयोजनामा आर्थिक विकास र आर्थिक पत्रकारिता बिषयक एक दिने अनुशिक्षण सम्पन्न भएको छ । उद्योग संगठन मोरङ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १, नेपाल पत्रकार महासंघ मोरङ र आर्थिक पत्रकार समाज नेपाल (सेजन)को संयुक्त आयोजनामा आर्थिक क्षेत्रमा कलम चलाउने २५ जना पत्रकारलाई आज अनुशिक्षण दिइएको हो ।

आर्थिक पत्रकार समाज नेपाल सेजनका अध्यक्ष भीम गौतमले आर्थिक पत्रकारिता, यसले समेट्ने क्षेत्र, सेजन र व्यवसायिक आचारसंहिता बिषयमा केन्द्रित भएर प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी सेजनका निवर्तमान अध्यक्ष पुष्पराज आचार्यले आर्थिक बिकास, उद्योग व्यवसायको विकासक्रम, निजी क्षेत्रमा पत्रकारिता कसरी गर्ने के के विषय उठान गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

अनुशिक्षणमा सहभागी पत्रकारहरुले आर्थिक क्षेत्रमा रहेका अप्ठ्यारा र चुनौतीहरुका बारेमा राखेका जिज्ञासाहरुलाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष लीलावल्लभ घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button