पत्रकारिताको विकासका विषयमा सुझाव संकलन कार्यक्रम सम्पन्न

0
25

विराटनगर, साउन २६÷
विराटनगर महानगरपालिकाले सञ्चार माध्यम एव पत्रकारलाई दिनुपर्ने सेवा सुविधा वृद्धी लगायत आम पत्रकारिताको विकासका विषयमा सुझाब संकलनका लागि पत्रकार विवेक गौतमको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
नेपाल पत्रकार महासंघको पहलमा महासंघको कार्यालयमा आज भएको सर्वपक्र्षिय भेलाले जनविद्रोह दैनिकका सम्पादक गौतमको संयोजकत्वमा समिति गठन गरेको हो ।महानगरपालिकाको परिषद भेलालाई लक्षित गदै संचारमाध्यमको सेवा सुविधा वृद्धी लगायतका विषयमा सुझाव एव राय दिनका लागि पत्रपत्रिका, रेडीयो, टेलिभिजन र अनलाइनमा आवद्ध पत्रकार तथा सञ्चालक रहेने गरी समिति निर्माण गरिएको हो ।
समितिमा टेलिभिजनतर्फवाट मकालु टेलिभिजनका दिवस सुवेदी, एफएम रेडीयोबाट सुमन तिम्सीना, दैनिक पत्रिकाबाट विवेक गौतम, अनलाइनको तर्फवाट तेजेन्द्र भण्डारी, साप्ताहिक,पाक्षिक तथा मासिक पत्रपत्रिकाहरुका तर्फबाट केशबहादुर कार्की, पत्रकार महासंघ सचिव अर्जुन आचार्य र फेवा सहप्ताहिककी सम्पादक ललिता भट्टराई समितिका सदस्य रहेका छन ।
समितिले आगामि सनिवारसम्म संचार उद्यमी एव संचारकर्मीवाट आएका सुझावको ड्रफ्ट संकलन गरि नेपाल पत्रकार महासंघ मोरङले अन्तीम रुप दिएर आगामी आईतवार विराटनगर महानगरलाई बुझाइने नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले जानकारी दिनुभयो ।विराटनगर महानगरपालिकाले विराटनगरबाट प्रकाशन तथा प्रसारण हुने स्थानिय दैनक, सहप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका, एफएम रेडीयो, टेलिभिजन र अनलाइन पत्रिकालाई विज्ञापन लगायतका विभिन्न सेवा सुबिधा दिनुपर्ने विषयमा छलफल भएको थियो ।
पत्रकार महासंघको सभाहलमा आयोजित छलफलमा विराटनगरबाट प्रकाशन तथा प्रशारण हुने विभिन्न सञ्चारमाध्यमका सञ्चालक तथा पत्रकारहरुले स्थानीय सञ्चारमाध्यम र पत्रकारलाई प्रथामिकतामा राखेर बजेट विनियोजन हुनुपर्ने लगायतका सुझाव दिएका थिए । छलफलमा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार मोहन भण्डारी, पूर्व अध्यक्ष विक्रम निरौला, प्रेस यूनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लव घिमिरे, प्रेस चौतारीका केन्द्रीय लेखा आयोग सदस्य विक्रम लुईटेल, प्रेस सेन्टरका केन्द्रीय सचिब विवेक गौतमलगायतले आ आफनो भनाई राख्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY