पत्रकार लुइँटेललाई कृष्ण सिग्देल पत्रकारिता पुरस्कार

0
49

विराटनगर, २७ साउन । विराटनगरका पत्रकार कुमार लुइँटेललाई कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सिग्देलको आठौं स्मृति दिवसको सन्दर्भ पारेर कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले अन्नपूर्ण पोष्ट दैनिकका पूर्वाञ्चल ब्यूरो प्रमुख लुइँटेललाई आज विराटनगरमा कार्यक्रम गरी ११ हजार १ सय ११ रुपैयाँ नगद तथा सम्मान पत्रसहित पुरस्कृत गरिएको हो । नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री भीम आचार्यले पुरस्कार प्रदान गर्नुभयोे । सो अवसरमा विराटनगरका युवा उद्यमीद्वय सुभाष आचार्य र एकता गोल्छालाई पनि सम्मान गरियो । आचार्य विराटनगरका स्थापित व्यवसायी हुन भने एकता स्वं रामलाल गोल्छाकी पनातिनी हुन । अक्सफोर्ड विश्व विद्यालयमा पढेकी गोल्छा अहिले विराटनगरमा डेल्टा टेक प्रा.लि. नामक आइटी कम्पनी सञ्चालन गर्छिन । कार्यक्रममा सुनसरी मधुवनीमा सरकारी विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने सुस्मिता धामीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित पुरस्कृत गरियो । फरक शारीरिक क्षमताका विराटनगरका सुमन घिमिरेलाई एक वर्षभरि औषधि सेवन गर्न प्रतिष्ठानका तर्फबाट ४२ हजार नगद सहयोग गरियो । प्रतिष्ठानले स्वस्तिका ढुवानी सेवाका मजदुर तथा चालकको भलाई कोषमा क्रमशः ५१ हजार र २१ हजार नगद पनि सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष सीता सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सचिव भीम आचार्यले समाजका लागि सकारात्मक काम गरेका कृष्ण सिग्देलको व्यक्तित्वको प्रशंसा गर्दै देश राजनीतिक मुद्दाबाट निकै अघि बढेकोले अब सबैको ध्यान विकासमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नभयोे,‘संविधान जारी भई सकेको छ । नमिलेका र चित्त नबुझेका विषयलाई संशोधन गरेर अघि बढ्नु पर्छ ।’ उहाँले अब दुई वटा चुनाव जसरी पनि सफल बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा समाजसेवी केदारमल तोदी, उद्यमी ताराचन्द खेतान, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, उद्यमी सुभाष आचार्य, सन्तोष सिग्देल, कृष्ण सिग्देल स्मृति प्रष्ठिानका कोषाध्यक्ष सञ्जीव सिग्देललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here