पहिरोले लघुजलविद्युत् आयोजनाको पाइप बगायो

0
201

बाबियाचौर (म्याग्दी), २१ जेठ । धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पहिरोले बगाएको छ ।

विसं २०७३ साउन ८ गते जुगेपानी भन्ने ठाउँबाट खसेको पहिरोले क्षति पु¥याएको नहरको विकल्पमा राखिएको ४० मिटर पाइपलाइन शुक्रबार साँझको वर्षापछि आएको पहिरोले फेरि बगाएको हो ।

पाइपलाइन राखेर मर्मत गरी पुनः सञ्चालनमा रहेको ३५ किलोवाट क्षमताको आयोजनामा पहिरोले क्षति पु¥याएपछि थप समस्या उत्पन्न भएको परियोजनाका अध्यक्ष कृष्ण गौचनले बताउनुभयो ।

जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा पाइप खरिद गरी उपभोक्ताले श्रमदान गरेर पाइपलाइन जडान गरेर परियोजना पुनः सञ्चालनको तयारी गरेका थिए । परियोजना बन्द हुँदा गत १० महिनादेखि लुलाङका ३५० घरधुरी उपभोक्ता उज्यालोका लागि सोलार र टुकी प्रयोग गर्न बाध्य छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here