पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

0
34

चितवन, ४ असार । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छा कामना गाउँपालिका–६ कालिखोलामा आज बिहान पहिरो खसेपछि सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको हो । अहिले जुगेडीबाट आँपटारीसम्म र कालिखोलाबाट मुग्लिनसम्म नै गाडी जाममा परेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सयौं गाडी जाममा पर्दा हजारौं यात्रु अलपत्र परेका छन् । दुईवटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार १० बजेसम्म बाटो खोल्न नसकिने बताइएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा खनिरहेको ठाउँमा माथिबाट पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।

Comments

comments

LEAVE A REPLY