पाँचथरका स्वास्थय संस्थामा पनि उपरकण र औषधीको अभाव

पाँचथर १४ चैत । पाँचथरमा बनाइएको क्वारेन्टाइन तथा आइसोलेसनमा पनि आवश्यक उपरकण तथा औषधीको अभाव देखिएको छ ।

कोरोना भाईरसका संक्रमित विरामीहरुलाई चेकजाँच गर्न स्वास्थ्यकर्मीले लगाउने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) नहुँदा तथा अस्पतालमा चाहिने मास्क, ग्लोब्स, सेनिटाइजरको अभाव हुदा बिरामीको उपचार गर्न समस्या भएकोे छ ।

सदरमुकाम फिदिममा बनाइएका क्वारेन्टाइनहरु, पाँचथर अस्पताल, निजी अस्पतालहरु तथा शिक्षाको श्रोत केन्द्रको भवन, फिदिम मा.वि.को ब्लकमा बनाइएको क्वारेन्टाइनमा समेत सामग्रीको अभाव हुदा उपचारमा समस्या हुने बताईएको छ ।

सामग्रीहरु नहुँदा क्वारेन्टाइन तथा आइसोलेसनमा काम गर्न स्वास्थ्यकर्मीलाई समस्या हुने सोही अस्पतालका व्यवस्थापक शिशिर आङबोले जाकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button