पाँचथरको चैतेभीरमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु, नौं जना घाइते

0
132

पाँचथरको याङ्वरक गाउँपालिका ३ स्थित चैतेभीरमा मंगलबार विहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा च्याङथापुका ३५ वर्षीय कैलाश अधिकारी रहेका छन् । दुर्घटनामा परी ९ जना घाइते भएका छन् ।याङवरक गाउँपालिकाबाट सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे १ ज २०५१ नम्वरको जीप विहान ८ वजे याङवरक–३, चैतेभीरबाट खसेको हो ।मध्यपहाडी लोकमार्ग अन्तर्गतको कच्ची सडकको बाटोमा जीप चिप्लीएर २ सय ५० मिटर तल खसेको बताइएको छ ।घाइते ९ मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।घाइतेहरुलाई उद्वार गरी जिल्ला अस्पताल पाँचथर ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । जीपमा १० जना सवार थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here