पाँच नम्बर प्रदेशमा सरकार गठनको लागि आज वाम गठबन्धनले दावी पेश गर्दै

0
156

काठमाडौं, २८ माघ । प्रदेश नम्बर पाँचमा सरकार गठनका लागि आज वाम गठबन्धनले दावी पेश गर्दैछ । दिउँसो एक बजेभित्र एमाले र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर सहित प्रदेश सरकार गठनको लागि प्रदेश प्रमुख उमाकान्त झा समक्ष दाबी पेश गर्ने तयारी भएको एमाले प्रदेश नम्बर पाँचको संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिनुभयो । आज बिहान माओवादी केन्द्रको संसदीय दलको नेता चयन गर्ने र त्यसपछि दावी पेश गरिने सचेतक ढकालको भनाई छ । माओवादी केन्द्रका प्रदेश सभा सदस्य दधिराम न्यौपानेले मुख्यमन्त्रीका बिषयमा एमालेसँग सहमति भएपनि मन्त्रालय र मन्त्रीहरुको बिषयमा कुनै छलफल नै नभएको बताउनुभयो । ८७ सदस्यीय प्रदेश नम्बर पाँचमा एमालेका ४१ र माओवादी केन्द्रका २० सहित वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here