पाकिस्तानका दुई वटा कोइलाखानीमा विस्फोट, १६ जनाको मृत्यु

0
134

काठमाडौं,२३ बैशाख । पाकिस्तानका दुई वटा कोइलाखानीमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्वेटाबाट लगभग ४० किलोमिटर टाढा मारवारमा भएको ग्यास विस्फोटमा कम्तिमा १२ जना मजदुरको मृत्यु भएको छ । त्यहाँ अझै कम्तिमा चार जना मजदुर अझै फसेका छन् । उद्दारकर्मीहरुले उनीहरुलाई निकाल्ने प्रयास गरिरहेका छन् । त्यसैगरी स्पिन करिजको खदानमा भएको अर्काे विस्फोटमा परेर मृत्यु भएका चार जनाको शव निकालिएको छ । अधिकारीहरुले सो स्थानमा अझै केही कामदार फसेको आशंकामा खोजी भइरहेको जनाएका छन् । घटनामा केही मजदूर घाइते भएको र उनीहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here