Tune to BFM 91.2|Biratnagar

पाठ्यपुस्तकमा लगाएको कर फिर्ता गर्न नेविसंघको माग

विराटनगर, १८ फागुन । नेपाल विद्यार्थीसंघआबद्ध विद्यार्थीहरूले विराटनगरमा बिरोध प्रदर्शन गरेका छन् । आज विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले क्याम्पसको गेट अगाडि मुल्य बृद्धिको विरोध गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।

पाठ्यपुस्तकमा लगाएको कर र पेट्रोलियम पदार्थमा बृद्धि गरिएको पूर्वाधार विकास कर फिर्ता लिन विद्यार्थीहरूले माग गरेका छन् । विद्यार्थीहरूले सरकारविरुद्ध पनि चर्का नाराहरू लगाएका थिए । ७० करोड कमिसनको वार्गेनिङ गर्ने भ्रष्ट मन्त्रीलाई कार्वाही गर्न पनि विद्यार्थीहरूले माग गरेका छन् ।

नेविसंघले राखेका माग पूरा नभए शसक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने विद्यार्थी नेता देवचन्द्र घिमिरेले बताउनुभयो । प्रदर्शनमा नेविसंघ पूर्वजिल्ला सभापति मुक्तिप्रसाद न्यौपाने, पुसेटका कार्यबहाक सभापति अंकित भट्टराई, महेन्द्र मोरङका इकाई सभापति जक्सन भट्टराईलगायतका विद्यार्थी नेताहरू सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button