Tune to BFM 91.2|Biratnagar

पारिश्रमिक उपलब्ध गराइदिन निजि विद्यालयका शिक्षकहरुको माग

विराटनगर, ७ साउन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले ८ महिनादेखीको पारिश्रमिक उपलब्ध गराइदिन माग गर्दै आज प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

ईष्टुले विभिन्न माग राख्दै प्रदेश नं. १ को मुख्यमन्त्री कार्यालय अगाडी बिरोध तथा धर्ना कार्यक्रमको आयोजना गर्दै प्रदेश १ का प्रमुख सचिव मुकुन्दप्रसाद निरौलालाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

धर्ना कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाका निजि विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । निजि विद्यालयका शिक्षकहरुले लकडाउनलाई बहाना बनाएर लकडाउन भन्दा अगाडी देखिएको पारिश्रमिक पनि सञ्चालकहरुले नदिएको गुनासो गरेका छन ।

पारिश्रमिकको लागी प्रदेश सरकार मार्फत पहल गरिदिनका लागि ज्ञापनपत्र बुझाएको इस्टु प्रदेश १ का इन्चार्ज रोहीणीप्रसाद दवाडीले बताउनुभयो ।

ईस्टुले सरकारी बिद्यालयको कर्मचारीहरु जस्तै सेवा सुबिधा पाउनु पर्ने समेत सरकारसंग माग गरेका छन । मोरङमा मात्र लकडाउनको समयमा १ सय ५० जना शिक्षक कर्मचारीहरु विद्यालयबाट बिना कारण निकालिएको उनीहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button