पार्किङ गरी राखेको बसमा बिष्फोट

0
124

विराटनगर, ३० वैशाख । झापाको मेचीनगर नगरपालिका ७ स्थित प्रनिक पेट्रोल पम्प नजिकै बम विष्फोट भएको छ । पेट्रोल पम्प नजिकै ग्यारेजमा पार्किङ गरी राखेको सुर्याेदय यातायातको मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको यात्रुवाहक बसमा लक्षित गरी अज्ञात समुहले विष्फोटन गराइएको हो । आज विहान ३ बजेतिर ग्यारेजमा विष्फोटको आवाज सुनेपछि स्थानीयले इलाका प्रहरी कार्यालय काकडभिट्टामा गराउना साथ प्रहरी नायव उपरीक्षकको टोली खटिगई अनुसन्धान शुरु गरिएको छ । यता धनकुटा नगरपलिका ९ रुद्रबारीमा सवारी स्कर्टिङमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको ना १ झ १३३४ नम्बरको मोवाईल गाडीमा ढुङा प्रहार भएको छ । कोशी राजमार्ग अन्तरत धरान छनकुटा सडक खण्डमा चल्ने सवारी साधनहरुलाई स्कर्टिङ गरी लैजानेक्रमममा माथीबाट अज्ञात समुहले ढुङा हानेका छन । ढुङाले लागेर प्रहरीको भ्यानमा अगाडी पट्टी सामान्य क्षति भएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here