पार्टी एकताबारे एमाले र माओवादी आन्तरिक छलफलमा

0
39

काठमाडौं, २४ पुस । पार्टी एकता प्रक्रियालाई छिटै निष्कर्षमा र्पुयाउने सहमति गरेका एमाले र माओवादी केन्द्रले सोमबार आन्तरिक छलफल गर्दैछन् । पार्टी एकता र सरकार गठनको विषयमा छलफल गर्न एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो २ बजे बस्ने तय भएको छ । बैठकमा पार्टी एकताको खाकाबारे कुरा हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । यस्तै माओवादी केन्द्रको पनि आन्तरिक छलफल हुँदैछ । बैठकको समय तय भैनसके पनि पार्टी एकताबारे आज छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच हिजो भएको छलफलमा कार्यदल बनाएर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको छ । दुई शीर्ष नेताबिच आन्तरिक छलफलका लागि आज पार्टी बैठक बोलाउने र भोली पार्टी एकता संयोजन समितिको बैठक राख्ने सहमति पनि भएको छ । भोली बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गरेर त्यसको कार्यक्षेत्र तोक्ने तयारी छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here