पार्टी सभापति बन्ने शेखरको आकांक्षा

0
48

विराटनगर, ७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आफू पार्टीको केन्द्रीय सभापतिको आकांक्षी भएको घोषणा गर्नु भएको छ । कोइराला निवासमा आज विहान नेपाल प्रेस युनियनसमर्थक सञ्चारकर्मीसंग केन्द्रीय सदस्य कोइरालाले आफू केन्द्रीय सभापति हुन इच्छुक रहेको बताउनु भयो । डाक्टर कोइराला भर्खरै सम्पत्र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा एमालेका लालबाबु पण्डितसित ६ सय ६५ मत अन्तरले पराजित बन्नु भएको थियो । उहाँले पहिले केन्द्रीय समितिको बैठक बोलाउन पनि माग गर्नु भयो । केन्द्रीय समितिको बैठक एक हप्ताभित्र नबोलाए यसका लागि हस्ताक्षर संकलन गरिने चेतावनी डाक्टर शेखरले दिनु भयो । उहाँले भन्नु भयो, ‘केन्द्रीय समितिको बैठक बोलाउन किन ढिला गरिएको हो मैले बुझेको छैन । तुरुन्त बोलाउनु पर्छ भत्रे हाम्रो माग छ ।’ विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसित एकता भएपछि त्यस पार्टीका विभिन्न तहका पदाधिकारीलाई समायोजन गर्न पनि नयाँ संगठनको निर्माण आवश्यक रहेको उहाँको भनाई थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here