पुनर्निर्माण प्राधिकरणका सीईओ भुसाल पदमुक्त

0
126

२४ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आज बाट पदमुक्त भएका हुन् ।प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले सो पत्र कार्यालय समय पछाडि आएकाले आफूले पढ्न नपाएको बताए ।नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए । कांग्रेस नेतृत्वको सरकारको पालामा पाँच महिना र कम्युनिष्ट नेतृत्वको सरकारको पालामा चार महिना काम गरेको बताउँदै उनले दुवै सरकारबाट आफू सन्तुष्ट भएको बताए । प्राधिकरणको ऐनमा सीईओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । सीईओ भुसालले आफ्नो ९ महिने कार्यकाल सफल भएको दावीसमेत गरे । तीन वर्षको अवधिमा प्राधिकरणको नेतृत्व चार पटकसम्म फेरिइसकेको छ । अब पाँचौ सीईओ नियुक्तिको तयारीमा सरकार लागेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here