पूर्वका ईंटा उद्योगहरू बन्द हुने अबस्थामा

विराटनगर, ५ साउन । यस वर्षको सिजनमा पूर्वका ईंटा उद्योगहरू बन्द हुने भएका छन् । कोभिड–१९ को प्रकोपका कारण भारतीय मजदुरहरू आउन नसक्ने भएपछि मोरङ–सुनसरीका ४३ इटा उद्योग बन्दको संघारमा पुगेका हुन् ।

पुर्वका सबै ईंटा उद्योगहरू भारतीय श्रमिककै भरमा चल्दै आएका छन् । मोरङमा १७ र सुनसरीमा २६ वटा ईंटा उद्योग सञ्चालनमा छन् । नेपालका श्रमिकबाट ईंटाभट्टाको काम हुन नसक्ने उद्योगीहरूको भनाइ छ ।

नेपालका श्रमिकले काम गर्न नसकेकाले नै भारतीय ल्याउनु परेको कोशी ईंटा व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रप्रसाद शाहले दावी गर्नुभयो । अध्यक्ष शाहका अनुसार ती मजदुरलाई सपरिवार यहाँका ईंटा उद्योगमा ल्याउन असारदेखि नै पेश्की पारिश्रमिक पठाउनु पर्छ । यस्तो पेश्की पारिश्रमिकलाई ‘दादन’ भनिन्छ ।

सबै श्रमिकका एक जना सरदार हुन्छन् । सरदारले ईंटा उद्योगी र मजदुर बीच सेतुको काम गर्छन् । यिनै सरदारमार्फत कुचविहारमा बस्ने श्रमिकलाई असार, साउन र भदौ गरेर ३ किस्ता ‘दादन’ पठाउनु पर्छ । यति बेला उनीहरू प्रायः बेरोजगार हुन्छन् ।

यही ‘दादन’को रकमले गुजारा चलाउँछन् । कात्तिकदेखि ईंटा उत्पादन सुरु भएपछि उनीहरूको पारिश्रमिकको रकमबाट ‘दादन’को रकम काट्न थालिन्छ । यही ‘दादन’को रकम काटेर बाँकी रहेको रकम उनीहरू कमाइस्वरूप घर लैजान्छन् ।

यसरी ती श्रमिकहरू असारदेखि जेठ मसान्तसम्म नै ईंटा उद्योगको पारिश्रमिकमा आश्रित हुन्छन् । अध्यक्ष शाहले पूर्वका २ जिल्ला मोरङ र सुनसरीमा मात्र भारतीय मजदुरहरू कम्तीमा २० हजारको सङ्ख्यामा हुने गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button