पूर्वी नेपालमा दोस्रो चरणको चुनावी चहलपहल, भोलिदेखि निर्वाचन कार्यालय खुल्ने

0
99

बिराटनगर, ४ जेठ । तीन प्रदेशमा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि पूर्वी नेपालमा दोस्रो चरणको चहल पहल शुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका अनुसार भोलीदेखि गाउँपालिका र नगरपालिकामा निर्वाचन कार्यालयहरु खुल्दैछन् । आगामी जेठ ३१ गते हुने चुनावका लागि निर्वाचन आयोगले थप आवश्य तयारी सुरु गरेको छ । दोस्रो चरणमा चुनाव हुने भएपछि ३ प्रदेश बाहेकका अन्य प्रदेशमा चु्नावी रौनक सेलाएको थियो । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले बैशाख १२ गतेदेखि स्थगन गरिएको निर्वाचन कार्यक्रम जेठ ५ गतेदेखि अगाडि बढाइने बताए । पूर्वका विभिन्न जिल्लाका गाउँपालिका र नगरपालिकामा यस अघि खोलिएका निर्वाचन अधिकृतहरुका कार्यालयहरु भोलीदेखि सञ्ंचालनमा आउने सञ्जेलले जानकारी दिए । निर्वाचन आयोगले आगामी जेठ ३१ गते हुने चुनाव लक्षित गरी जेठ ५ गतेवाट पुनः निर्वाचनलाई लक्षित गरी आवश्य कार्यक्रम शुरु गर्नेे जनाएको छ । जेठ ३१ मा दोस्रो चरणमा हुने निर्वाचनको तय भएपछि निर्वाचन कार्यालयले वैशाख १२ गतेदेखि निर्वाचन लक्षित कार्यक्रम तत्काललाई स्थगन गरेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here