विराटनगर, ५ चैत । पूर्वका विभिन्न मन्दिरहरुमा पुजापाठ र दर्शनका लागि हिंडिरहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाह विराटनगर आउनु हुने भएको छ । उहाँको स्वागतका लागि विराटनगरमा समिति समेत बनेको छ । मोरङ जिविसका पूर्व सभापति बल्लभप्रसाद दाहालको अध्यक्षतामा दुई सय २७ सदस्यीय समिति बनेको हो । समितिमा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डल लगायत रहनु भएको छ । केही दिनदेखि झापाको दमकमा रहनु भएका पूर्व राजा शाह पत्नी कोमलसहित रामनवमीको अवसर पारेर आगामी आइतबार विराटनगर आउने कार्यक्रम तय भएको छ । दाहालले आज पत्रकार सम्मेलनको आयोजना गर्दै शाह दम्पतीले विराटनगरको काली, रामजानकी लगायतका मन्दिरको दर्शन गर्ने जानकारी दिनु भयो । दमकबाट विराटचोक, हरैंचा, झोराहाट हुँदै शाह आइतबार दिउँसो ३ बजे विराटनगर आउने कार्यक्रम तय भएको छ । दाहालले दुई घण्टा विराटनगरमा रहेर साह साँझ ५ बजे दमकतर्फ नै जाने बताउनु भयो । पूर्व राजाको भ्रमणमा सुरक्षा व्यवस्था कडा पार्न र आवश्यक सुरक्षा प्रबन्ध मिलाउनका लागि सुरक्षा निकायसंग आग्रह गरिने उहाँले बताउनु भयो ।
Must Read
तीन दिनभित्र कर्मचारीको विवरण पठाउन मन्त्रालयको निर्देशन
काठमाडौं, ७ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको...