पूर्व विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

0
132

काठमाडौं, असार २७ । बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको सेमिफाइनलमा फ्रान्स १–० ले विजयी भयो ।दुई युरोपियन प्रतिद्वन्द्वीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।दोस्रो हाफको ५१ औं मिनेटमा फ्रान्सले निर्णायक गोल र्गयो । एन्टोनियो ग्रेज म्यानको कर्नर प्रहारमा डिफेन्डर स्यामुएल उम्टीटीले निर्णायक गोल गरेका हुन् । खेल १÷० ले जित्दै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।यसअघि सन् २००६ मा जर्मनीमा भएको विश्वकप फुटबलको फाइनलमा पुगेको फ्रान्स ईटालीसँग पेनाल्टी सुट आउटमा पराजित भएको थियो ।१९९८ मा आफ्नै देशमा आयोजित विश्वकप फुटबलमा भने फाइनलमा ब्राजिललाई हराउँदै फ्रान्सले उपाधि जितेको थियो ।फ्रान्स यसपटक विश्वकप फुटबलको दोस्रो उपाधिको खोजीमा रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here