पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु

0
29

काठमाडौं, १९ पुस । लेटिन अमेरिकी मुलुक पेरुमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रको एउटा कठिन मोडबाट सय मिटर तल समुद्री किनारामा खसेर बस दुर्घटना भएको हो । दुर्घटना क्षेत्रबाट ६ जना घाईतेको उद्धार गरी उपचारका लागि पठाइएको छ । बसमा ५० यात्रु सवार रहेकाले मृतकको संख्या अझै केही बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । प्यासिफिक समुद्री किनाराको सो सडकलाई पेरुमा डेभिल्स बेन्ड अर्थात सैतानी घुम्तीको नामले चिनिन्छ । पेरुकै खतरापूर्ण सडकमध्ये पर्ने सो सडकखण्डमा यसअघि पनि ठूला दुर्घटना भइसकेका छन् । पेरुमा सडक दुर्घटनाको कारण गत वर्ष मात्रै ३ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here