पोर्चुगललाई पराजित गर्दै चिली फाइनलमा

0
78

काठमाडौं, १५ असार । पोर्चुगललाई हराउँदै चिली कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुसमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको पहिलो सेमिफाइनलमा चिली पेनाल्टी सुट आउटमा विजयी भयो । निर्धारित ९० मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । थपिएको ३० मिनेटमा पनि गोल नभएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो । टाईब्रेकरमा चिली ३–० ले विजयी भयो । चिलीका भिडाल, आराग्वेज र सान्चेजले लगातार तीन गोल गर्दा पोर्चुगलका करिज्मा, मौटिन्हो र नानीको प्रहार खेर गएको थियो । जितसँगै लेटिन अमेरिकी च्याम्पियन चिली उपाधि नजिक पुग्दा युरोपियन च्याम्पियन पोर्चुगलको यात्रामा भने पूर्णविराम लागेको छ । चिलीले अब उपाधिका लागि जर्मनी र मेक्सिकोबीच आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here