पोर्चुगल र मेक्सिको कन्फेडेरेसन कपको सेमिफाइनलमा प्रवेश आज जर्मनीले क्यामरुनसँग खेल्दा चिली र अष्ट्रेलिया भिड्दै ।

0
59

काठमाडौं, ११ असार । पोर्चुगल र मेक्सिको कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।रुसमा जारी प्रतियोगिता अन्तर्गत गए राति भएको खेलमा ओसियाना समुहको च्याम्पियन न्युजिल्याण्डलाई ४–० ले हराउँदै पोर्चुगल सेमिफाइनलमा पुगेको हो । खेलमा पोर्चेुगललाई विजयी गराउन क्रिस्चियानो रोनाल्डो, बर्नार्डाे सिल्भा, आन्द्रे सिल्भा र नानीले एक–एक गोल गरे । जितसँगै पोर्चगलले समुह विजेताको रुपमा सेमिफाइनलमा ठाउँ बनाएको हो । हिजो नै भएको अर्काे खेलमा आयोजक रुसलाई २–१ ले हराउँदै उत्तर अमेरिका तथा क्यारेबियन समूहको च्याम्पियन मेक्सिको पनि सेमिफाइनलमा पुगेको छ । खेलमा मेक्सिकोलाई विजयी गराउन नेस्टर आरायो र हिर्भीङ लुजानोले एक–एक गोल गरे । कन्फेडेरेसन कप फुटबलमा आज पनि दुई खेल हुनेछन् । आज जर्मनीले क्यामरुनसँग खेल्दा चिली र अष्ट्रेलिया भिड्नेछन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here